२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं गोल्डेन्सको लगातार तेस्रो जित, अत्तरिया ११ रनले पराजित


0
Shares

डीपीएलअन्तर्गत् बुधबार पाँचौं दिनको दोस्रो खेलमा काठमाडौंले सीवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको हो । काठमाडौंको यो लगातार तेस्रो जित हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित् २० ओभरमा ९ विकेटको नोक्सानीमा १३७ रन बनाएको थियो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले चार चौका र तीन छक्काको मद्दतले ४३ बलमा ५७ रन बनाए । यस्तै, नरेश बुढाऐरले २७ र रसिद खानले १६ रनको योगदान गरे ।

सीवाइसी अत्तरियाका लागि शुभांकर उराउले ३, विपीन चन्द्रा र कृष्ण कार्कीले समान २/२ तथा दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले समान एक/एक विकेट लिए ।

जवाफमा १३८ रनको विजयी लक्ष्य पछ्याएको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

काठमाडौंका लागि सुबोध भाटीले ३ विकेट लिए । उनी खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

त्यस्तै, सन्नी पटेल र रसिद खानले समान २/२ तथा साहव आलमले एक विकेट झारे ।

प्रतियोगिताअन्तर्गत् बिहीबारको पहिलो खेल टिम चौराहा धनगढी र विरानगर किंग्सबीच तथा दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडकाबीच हुने आयोजकले जनाएको छ ।