
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पोखरेली दिदी–बहिनी समूहले पोखराको प्राकृतिक सौन्दर्य, भेषभूषा, संस्कृति र मठमन्दिरलगायतका ९० ओटा तस्वीर तथा भिडियोको प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा गरिने बताएको हो ।
समूहकी अध्यक्ष विष्णु थकालीले ६० वर्षपहिलेको कला–कौशल, चालचलन, रहनसहन र आर्थिक गतिविधिबारे नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको बताइन् ।
प्रदर्शनीमा पोखराका प्राचीन कला, संस्कृति झल्काउने तस्वीरहरुको बिक्रीसमेत गरिने जनाइएको छ ।
त्यस्ता एउटा तस्वीरको मूल्य ३ हजार ५०० देखि ५ हजार रुपैयाँसम्म कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्