
ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
झन्डै १२ वर्ष पुरानो विषयलाई लिएर लुलाले भ्रष्टाचारसम्बन्धी मुद्दा झेल्दै आएका छन् भने त्यसलाई उनले अस्वीकार गरेका छन् ।
आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर उनीविरुद्ध भ्रष्टाचारको मुद्दा आएको बताइएको छ ।
भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा लुलामाथि सरकारी तबरबाट अनुसन्धान भइरहेको छ ।
एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा उनी आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ ।
ब्राजिलको वर्कर्स पार्टी (पीटी)ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गत जनवरीमै गरेको थियो ।
ब्राजिलमा आगामी अक्टोबरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने तय गरिसकिएको छ ।
निर्वाचनपूर्वका सर्वेक्षणले आफ्ना प्रतिस्पर्धीकाविरुद्धमा लुलाले नै सुविधाजनक र स्पस्ट जित हासिल गर्ने देखाएका छन् ।
उनको सहभागिताबिनाको निर्वाचनको थोरै पनि कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्