२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारतको हिमाञ्चल राज्यमा स्कुल बस दुर्घटना हुँदा ३० जनाको मृत्यु


0
Shares

भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमध्ये २७ जना बालबालिका छन् । दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष मुनिका छन् ।

दुर्घटनामा परी २ शिक्षक र बस चालकको पनि मृत्यु भएको छ ।

बसमा ४० विद्यार्थी रहेको बताइएको छ । मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइते विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । सडकबाट दुई सय मिटर तल खोंचमा बस खसेर दुर्घटना भएको हो ।

हिमाञ्चलका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई पाँच लाख रूपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । (एजेन्सी)