 
	    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गरेका छन् ।
पत्रकार जमाल खाशोग्जीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढीरहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गर्दै सम्बन्धको पक्षमा कडा रुपमा उभिएका हुन् ।
खशोग्जी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिल सलमानको बचाउ पनि गरेका छन् ।
ट्रम्पले जारी गरेको वक्तव्यमा खशोग्जीको हत्यामा कुनै पनि हिसाबले साउदी युवराजको संलग्नता नदेखिएको उल्लेख छ ।
साउदी पत्रकार खाशोग्जीको गत अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।
हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।
तर विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका शक्तिशाली युवराज सलमानको निर्देशनमा भएको दाबीसहितका समाचार सार्वजनिक भएका छन् ।
तर साउदी अरेबियाले भने त्यसको खण्डन गरेको छ र खाशोग्जीको हत्यामा युवराजको संलग्नता नरहेको जनाएको छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्