२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सिरियामा हवाई आक्रमणको तयारी ! बेलायती वायुसेनाको लडाकु विमान तयारी अवस्थामा


0
Shares

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग छलफल गरेका छन् भने फ्रान्सका राष्ट्रपतिसँगसमेत यसबारे छलफल गरेका छन् ।

त्यस्तै बेलायतको मन्त्रिपरिषदले समेत सिरियामा आवश्यकताअनुसार कारवाहीका लागि प्रधानमन्त्री थेरेसा मेलाई अधिकार दिएको छ । प्रधानमन्त्री मेले मन्त्रिपरिषदका केही सदस्यसँग छुट्टै परामर्श गरेको समेत बताइन्छ ।

                                       बेलायती वायुसेनाको लडाकु विमान तयारी अवस्थामा

यसअघि युरोपेली एयर ट्राफिक कन्ट्रोलले सिरियाको आकाश हुँदै उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिइसकेको छ । बिहीबार सिरियाको आकाश ७२ घण्टासम्मका लागि खतरायुक्त रहेको भन्दै विमान कम्पनीहरुलाई त्यस्तो चेतावनी दिइएको हो ।

बेलायती संचारमाध्यमलले बेलायतको वायुसेनाले लडाकु विमानमा इन्धन भरेको तथा अन्य तयारी सुरु गरेको जानकारी दिएका छन् । केही संचारमाध्यमलले वायुसेनाको अखडामा विमानलाई तयारी अवस्थामा राख्दै गरेको तस्वीरसमेत प्रकाशमा ल्याएका छन् ।

           युरोपेली एयर ट्राफिक नियन्त्रण कार्यालयको चेतावनीपछि विमानले रुट डाइभर्ट गरेको परिदृष्य 

सिरिया सरकारले रुसको सहयोगमा सिरियाली नागरिकमाथि दमन गरेको तथा घातक रासायनिक हतियार प्रयोग गरेको आरोप अमेरिका, बेलायत र फ्रान्सले लगाउँदै आएका छन् । सिरियाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

सिरिया मामिलामा रुस र अमेरिकाबीच समेत पछिल्लो समय तनाव उत्पन्न भएको छ । रुसले कुनै पनि समय सिरियाको मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रसँग युद्ध हुन सक्ने बताइसकेको छ । (एजेन्सी)