२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध


0
Shares

काठमाडौं, चैत ३० । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

यो फैसलासँगै पूर्वप्रधानमन्त्री शरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ ।

पाकिस्तानको उच्च अदालतका पाँच जना न्यायाधीशले सर्वसम्मतरुपमा उक्त निर्णय गरेका हुन ।

भ्रष्टाचारको आरोप लागेपछि शरिफले गत बर्ष पदबाट राजीनामा दिएका थिए । यद्यपि शरिफले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् ।

यसअघि पाकिस्तानको सर्वोच्च अदालतले गत फेब्रुअरीमा शरिफ आफूले नेतृत्व गरेको पार्टीको नेता रहन अयोग्य रहेको फैसला सुनाएको थियो ।(एजेन्सी)