१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माईभ्याली गोल्डकपका लागि १० हजार दर्शक अटाउने प्यारापिट निर्माण


0
Shares

यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ ।

१० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको आयोजक माईभ्याली फुटबल क्लबले जनाएको छ ।

मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भए पनि तीन तिरको भागमा वर्सेनि बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ ।

श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ । जसका कारण हरेक वर्ष प्यारापिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ ।

यसवर्ष आठ लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिँदै छ । प्रतियोगितामा यस वर्ष नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी हुँदै छन् ।