२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नेविसंघले भन्यो–‘माइतीघर र क्याम्पसअगाडि विरोध गर्न पाउनुपर्छ’


0
Shares

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध विद्यार्थीहरुले विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले माइतीघरमन्डला र क्याम्पसअगाडि विरोध प्रदर्शन गर्न पाउनुपर्ने जिकिर गरे ।

ज्ञापनपत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी शर्माले सर्वसाधारणको बोल्न र हिँड्न पाउने अधिकार नखोसेको तर व्यवस्थितरुपमा आन्दोलन र विरोध प्रदर्शनको व्यवस्था मिलाइएको तर्क गरे ।

आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी संघको छ ।