१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु


0
Shares

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन् ।

बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक ओझा घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

घाइते ओझालाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)