१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउने तयारी


0
Shares

काठमाडौं, बैशाख ५ । हिन्दूहरुको पवित्र तिर्थस्थल पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषको ३२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा कोषले पशुपतिनाथ मन्दिरलाई प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउने तयारी भइरहेको जनाएको हो ।

त्यसका लागि काम शुरु भइसकेको कोषले जनाएको छ । कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले पशुपतिलाई विशुद्ध धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्दै लैजाने सरकारको लक्ष रहेको बताए ।

उनले विकास कोषले तय गरेका गुरुयोजना तत्काल सम्पन्न गर्न सुझाव पनि दिए ।

कोषले गुरु योजनाको ८० प्रतिशत काम सकिएकाले बाँकी काम १ वर्षभित्र पुरा गर्ने जनाएको छ ।