२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


उत्तर कोरियाली शासक किम र सीआइएका निर्देशकबीच प्योङयाङमा गोप्य भेटवार्ता


0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको पुष्टि गर्दै उक्त वार्ताले राम्रो सम्बन्ध निर्माणमा सहयोग पुर्‍याएको ट्वीटरमा उल्लेख गरेका छन् ।

अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि पोम्पओ प्योङयाङ गएका थिए ।

यसअघि, ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकार गरेका थिए ।

फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको बैठकमा उनले वार्ताहरूबारे खुलासा गरेका हुन् ।

किमसँग हुने बैठकका लागि पाँचओटा स्थानबारे छलफल भइरहेकोसमेत ट्रम्पले बताए ।

सन् १९५० देखि १९५३ वर्षसम्म चलेको कोरियाली युद्धको औपचारिक समाप्तीको घोषणा गर्ने शान्ति सन्धिबारे दुई कोरियाबीचको छलफलका लागि शुभकामना पठाएको पनि उनले जानकारी दिए ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शासकबीच अहिलेसम्म आधिकारिक भेटवार्ता भएको छैन । अमेरिका र उत्तर कोरियाबीच कुनै राजनीतिक सम्बन्ध छैन ।

उत्तर कोरियाको परमाणु परीक्षणलाई लिएर अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले कडा नाकाबन्दी लगाएका छन् । (एजेन्सी)