Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बिस्केट जात्रा बिथोल्न खोजेको आरोपमा १३ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा भक्तपुर–२, खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१०, कमलविनायक बस्ने २३ वर्षीय मनीष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने १८ वर्षीय मनीष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर–५, इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय सशिस पन्च र भक्तपुर–३, नासमना बस्ने ३८ वर्षीय सविन श्रेष्ठ रहेका छन् ।

त्यस्तै, जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर–४, सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक नगरपालिका–६ बस्ने १६ वर्षीय समन भेलेलाई पक्राउ गरेको छ ।

उनीहरुलाई खुकुरी र हातमा लगाउने औंठीजस्तो नोकसमेत लिइ जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए । रासस