१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पेस्तोल, गोली, सुतलीबमसहित एक पक्राउ


0
Shares

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय जोकर मोक्तान रहेका छन् ।

कटुवा पेस्तोल तीनथान, सोको गोली ११ थान, ३०३ राइफलको गोली एकथान, सुतलीबम एकथान र नेपाल प्रहरीको पोसाक एकथानसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गमा म्याजिक भ्यानबाट ओर्लिएर चारजना भाग्दै गरेको अवस्थामा देखेपछि शंका लागेर प्रहरी सहायक निरीक्षक विगबहादुर तामाङको टोलीले पिछा गर्दै जाँदा उनलाई पक्राउ गर्न सफल भएको हो ।

अन्य तीनजना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोक्तानलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस