१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज


0
Shares

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो ।

अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुनेगरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए ।

प्रा. डा. गोविन्द केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीर्ते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेरहदका कारण उनको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषदले पत्र पठाएपछि राजीनामा दिइसकेका छन् । रासस