२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मुक्तिनाथ जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटनामा ७ जना घाईते


0
Shares

लक्ष्मीप्रसाद सापकोटा/
पर्वत, वैशाख ७ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

काठमाडौंबाट तीर्थयात्री लिएर हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ जाँदै गरेको बा४ख ५७८८ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको हो । घाईते हुनेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ बर्षीय लिलानाथ पुडासैनी, ६० बर्षीय माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ की ३८ उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीय बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ बर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका ४ की १५ वर्षीय स्नेहा गुरुङ छन् ।

घाईते सबैको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदिप सापकोटाका अनुसार गाडीमा २६ जना यात्रु सवार थिए । चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।