
मृत्यु हुनेमा पाँचथर, फिदिम नगरपालिका–२, गोलाटार घर भइ हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ (गुरुङ) रहेकी छन् ।
श्रीमान् कुमार गुरुङसँगै दुईतले छतमाथि सुतेकी तामाङ राति उठेर तल झर्न खोज्दा माथिबाट खसेकी थिइन् ।
घरको छतबाट खसेर गम्भीर घाइते भएकी तामाङको उपचारकाक्रममा शुक्रबार बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनाबारे प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्