२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अस्पतालहरुमा बिरामीको चाप बढ्यो, सावधानी अपनाउन चिकित्सकको सुझाव


0
Shares

गर्मीयाम सुरु भएसँगै मानिसमा एलर्जी र रुघाखोकीको समस्या देखिन थालेको छ । यसैगरी, जन्डिस, टाइफाइड, झाडापखाला, आँखा र छालासम्बन्धी संक्रमणका बिरामी पनि बढेका छन् ।

गर्मीसँगै धुलो बढी उड्दा आँखा सुक्खा भइ चिलाउने तथा पानी बग्ने, छाला सुक्खा र कालो हुने, ‘डिहाइड्रेसन’ हुने तथा टाउको दुख्ने समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । यस्ता बिरामीहरु दैनिक अस्पताल पुग्नेक्रम बढेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले निर्मलीकरण नगरिएको पानी, बासी, चिल्ला र अस्वस्थ खाना खाएर बिरामी हुनेहरु बढ्दै गएको बताए ।

विगतका वर्षमाभन्दा यस वर्ष श्वासप्रश्वासका बिरामी बढ्दै गएको अस्पतालले जनाएको छ । वायुप्रदूषणका कारण यस्ता बिरामी बढेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

सडकमा काम गर्नेहरु यस्ता समस्याबाट बढी प्रभावित भएको देखिएको चिकित्सकहरुको भनाइ छ ।

चिकित्सकहरुले धुवाँ र धुलोबाट बच्ने उपाय अवलम्बन गर्न सुझाव दिएका छन् ।

घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, सनग्लासको प्रयोग गर्न, सनस्क्रिन प्रयोग गर्न, प्रशस्त पानी पिउन उनीहरुले सुझाव दिएका छन् ।

त्यसैगरी, बासी र सडेगलेको खानेकुरा नखान, फलफूल तथा तरकारी राम्रोसँग पखालेरमात्र खानुपर्ने उनीहरुले बताएका छन् ।

भिडियो हेर्नुहोस्