
चीन, वैशाख ९ । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार शनिबार राती १ः३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका कुल ६० यात्रु पानीमा खसेका थिए ।
डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्गा र झण्डै २०० जना उद्धारकर्मी उद्धारमा खटिएका थिए । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्