१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन


0
Shares

गत वर्ष जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्गअगाडि राखिएको छ ।

क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा, गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रीले सजिलै देख्ने गरेका छन् ।

गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक एकजना गम्भीर घाइते भएका थिए ।

जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थलनजिकै अवतरणकाक्रममा दुर्घटना भएको थियो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए ।

‘एनए ०४८’ कलसाइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमकोटका लागि सामान बोकेर उडेको थियो । सिमकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि ‘डाइभर्ट’ भएको थियो ।

दुर्घटना भएको जहाज नहटाउँदा अन्य जहाजका चालकलाई समस्या हुने गरेको कोल्टीमा रहेका विभिन्न जहाज कार्यालयहरुले जनाएका छन् ।

यता, नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको जनाएको छ । रासस