१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भूकम्पपीडितको पुनःस्थापनाप्रति सरकार संवेदनशील भएन : नेता नेपाल


0
Shares

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अझैपनि कतिपय भूकम्पपीडितले राहत पाउन नसक्नु दुःखद् भन्दै त्यस्ता भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’ नामक पुस्तक विमोचन गर्दे नेता नेपालले ‘सरकारले तोकेको राहत अझै पीडितले पाउन नसक्नु लाजमर्दो हो’–भने ।

पुनःनिर्माणको अनुदान रकम एकमुस्टरुपमा उपलब्ध गराउन माग
सोही कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम एकमुस्टरुपमा उपलब्ध गराउन सरकारसँग माग गरे ।

स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनःनिर्माणको अनुदान सहायता जनतालाई उपलब्ध गराउनुपर्ने धारणा उनको छ ।

कार्यक्रममा पुस्तकका लेखक तथा पत्रकार पन्थीले वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट नेपाल र नेपाली जनताले भोग्नुपरेको समग्र अनुभूति र भूकम्प जाँदाको बखत उद्धारमा समावेश हुँदाको अनुभूतिलाई पुस्तकमा उजागर गरिएको बताए ।