
सोमबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
मनाङको जितमा खेलको ३७औं मिनेटमा काछीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ दी म्याच’ भने माइभ्यालीका तीर्थ बस्नेत घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् मंगलबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लब आमने–सामने हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्