सडकमा परेका घर भत्काउन घरधनीलाई पटक पटक आग्रह गरिए पनि अटेर गरेपछि धनगढी उपमहानगरपालिकाले आफैं भत्काउनु सुरु गरेको हो ।
धनगढीदेखि अत्तरीयासम्मको निर्माणाधिन ६ लेन सडकमा पर्ने घर तथा संरचनाहरु उपमहानगरपालिका आफैले भत्काउने काम सुरु गरेको हो ।
बिभिन्न समयमा घर भत्काउन सूचना गर्दा पनि घरधनीले अटेर गरेपछि उपमहानगरपालिका आफैं घर भत्काउने अभियानमा जुटेको आयोजना प्रमुख मनिशकुमार शाह बताउँछन् ।
घर धनीले घर भत्काउन नमान्दा सडक निर्माणको काम अबरुद्ध बन्दै आएको थियो । सडक सिमा भित्र पर्ने करिव ९५ प्रतिशत घर धनीले घर भत्काईसके पनि ४५ वटा घर भत्काउन बाँकी रहेको हो ।
घर धनीहरुले कामदार अभावमा संरचना भत्काउन ढिलाई भएको भन्दै केही दिनको समय दिन आग्रह गरेको भएपनि धरै समय बितिसेकाले अब समयदिन नसकिने भन्दै घर भत्काउन सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले जानकारी दिए ।
घर भत्काउने काम सँगै बिकासले गति लिने उपमहानगरपालिकाको विश्वास छ । डोजर लगाएर घर भत्काईए पछि उक्त सडक निमार्णले गतिले लिने अपेक्षा गरिएको छ ।
यसअघि पनि घर भत्काउन अटेरी गर्नेहरुले मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेपनि उक्त मुद्धा खारेज भएको थियो ।





प्रतिक्रिया दिनुहोस्