
आइतबार राति प्योङयाङको दक्षिण भागमा भएको सो दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सन्चालित सन्चारमाध्यमले जानकारी दिएको छ ।
यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन् ।
साथै, त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाईसमेत भेटवार्ता गरेको बताइएको छ ।
एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गरेको नेता किमको फोटो छापेको छ ।
उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको सोमबार नै अन्तरराष्ट्रिय सन्चारमाध्यमले जानकारी दिएका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्