२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलन घोषणा


0
Shares

अनेरास्ववियुको कार्यालय बागबजारमा मंगलबार बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदन्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले लिएका शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुल्क वृद्धि फिर्ता गराउन दबाब दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

आगामी बुधबारदेखि थालिने विरोध कार्यक्रममा शिक्षा विभागको घेराउ तथा धर्ना कार्यक्रमसम्मका रहेको बर्तौलाले जानकारी दिए ।

आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकमा अनेरास्ववियुका कावा अध्यक्ष बर्तौला, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ अखिल छैटौंका अध्यक्ष विमल पोखरेल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष निरज लवजुलगायतको सहभागिता थियो । रासस