
नेपाल आयाल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमिततासम्बन्धी समाचारका लागि पौडेललाई पुरस्कृत गरिएको हो ।
एक लाख रुपैयाँ राशिको यो पुरस्कार मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले प्रदान गरे ।
यस्तै, १० हजार रुपैयाँ राशिको बारबरा एडम्स खोजी पत्रकार प्रोत्साहन पुस्कार स्वतन्त्र पत्रकार कल्पना भट्टराईलाई प्रदान गरियो ।
लामो समय नेपाल बसेर पत्रकारिता गरेकी अमेरिकी पत्रकार बारबरा एडम्सको नाममा स्थापित यी पुरस्कार सन् २०१३ देखि प्रदान गर्न थालिएको हो ।
कार्यक्रममा चुरे क्षेत्रको संरक्षणको विषयमा सरोकालवालाहरुसँग छलफलसमेत गरिएको थियो ।
पूर्वराष्ट्रपति यादवले विकासको नाममा चुरे पहाडहरुको विनास गरिएको गुनासो गरे ।
चुरे पहाडलाई बचाउनसके ३४ प्रतिशत जनसंख्यालाई विभिन्न समस्याबाट बचाउनसकिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्