२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उपत्यकाका ६ स्थानबाट पुलिस रिपोर्ट लिन पाइने


0
Shares

विदेश जाने तथा विदेशमा रहेका नेपालीको हकमा उपत्यकाका चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरिएको हो

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाका महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिए ।

‘सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएका हौं’–उनले भने ।

यस्तै, प्रहरीले उपत्यका बाहिर १ नम्बर प्रदेश कार्यालय विराटनगर, ३ नम्बर प्रदेश कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।

विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको [email protected] मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्नसकिने व्यवस्था गरिएको छ । रासस