२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आसारामलाई जन्मकैद


0
Shares

भारत, जोधपुरस्थित विशेष अदालतले आसारामलाई नाबालिग बलात्कारमा दोषी ठहर गर्दै बुधबार जन्मकैदको सजाय सुनाएको छ ।

सोही मुद्दाका अरु दुई अभियुक्त शिल्पी र शरदलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ ।

७७ वर्षीय आसारामविरुद्ध सन् २०१३ मा आश्रममा १६ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबुवा आसारामका भक्त थिए ।

१५ अगस्ट २०१३ मा बलात्कृत भएकी ती किशोरीले त्यसको पाँच दिनपछि २० अगस्टमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसलगत्तै पक्राउ गरिएका आसाराम करिब पाँच वर्षदेखि प्रहरी हिरासतमै रहेका छन् । (एजेन्सी)