Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ


0
Shares

वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् ।

डरले मौन बसिन । श्रीमान ३ बर्षदेखि बैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुईदिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे ।

पैसा नदिए अरुलाई पनि देखाइदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चारजना विरुद्ध किटानी जाहेरी दिइन । मुद्दा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।

कात्तिक ५ गते राति घरबाहिर शैच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ । -कान्तिपुर दैनिकबाट