२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन


0
Shares

काठमाडौं, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् ।

अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्‍याउने बताए ।

उनको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या गरिएको छ ।

यद्यपी यी दुई नेताबीचको सम्बन्ध भने मजबुद नै छ ।

तर म्याक्रोनको यो भाषणले पर्यावरण र इरानसँग भएको आणविक सम्झौताका विषयमा अमेरिकी धारणाप्रति फ्रान्सको असहमति रहेको देखिएको छ ।(एजेन्सी)