
उदयपुर, वैशाख १३ । उदयपुर कटारी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
कटारी–३ ताराघारी च्याङगा बस्ने ५० वर्षीय साइला भन्ने भालु विकलाई प्रहरीले बालिका बलात्कार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो ।
उनले स्थानीय ७ वर्षीया बालिकालाई बुधबार विहान विद्यालयबाट फर्कदै गर्दा ललाई फकाई बलात्कार गरेको आरोप लागेको छ । विकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि कटारी अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्