२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बैंङ्लोरमाथि चेन्नाईको रोमान्चक जित, चेन्नाई फर्कियो शीर्ष स्थानमा


0
Shares

काठमाडौं, बैशाख १३ । विराट कोलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै महेन्द सिंह धोनीको चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

चिनास्वामी रंगशालामा गएराति भएको खेलमा बैंङ्लोरले दिएको २ सय ६ रनको लक्ष्य चेन्नाईले खेलमा २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नाईको जितमा कप्तान महेन्द्रसिंह धोनीले अम्बाती रायुडुसँग पाँचौ विकेटका लागि गरेको १ सय १ रनको साझेदारी महत्वपूर्ण रह्यो । रायुडुले ८२ रन जोड्दा धोनीले अविजित ७० रनको योगदान दिए ।

जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए । उनी प्लेयर अफ दि म्याच भए ।

यसअघि खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

बैंग्लोरका लागि एवि डे भिलायर्सले ६८ रन बनाउँदा अर्का दक्षिण अफ्रिकी ब्याट्सम्यान क्वीन्टन डि ककले ५३ रन जोडे ।

गएरातिको जितसँगै चेन्नाइ ६ खेलबाट १० अंक जोड्दै आइपीएलको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

समान १० अंक नै जोडेको किङ्स ईलेभेन पञ्जाव रन रेटका आधारमा दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको सनराईजर्स हैदरावादको ८ अंक छ ।