२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आर्सनल र एथ्लेटिको मड्रिडले खेले बराबरी, मार्सेले हरायो साल्जबर्गलाई


0
Shares

काठमाडौं, बैशाख १४ । युरोपा लिग फुटबलमा गएराती इङ्गल्याण्डको आर्सनल र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका छन् ।

आर्सनलको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा घरेलु टोलीका अलेक्जेण्डर लाकाजेट्ले पहिलो गोल गरे ।

तर एथ्लेटिकोका एन्टोनियो ग्रेजम्यानले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । दोस्रो लेगको खेल अगामि बिहिवार स्पेनको मड्रिडमा हुनेछ ।

युरोपा लिग सेमीफाईनलकै अर्को खेलमा फ्रान्सको मार्सेले अस्ट्रियाको साल्जबर्गलाई २-० ले हरायो ।

आफ्नै मैदानमा भएको खेलमा मार्सेलाई विजयी गराउन फ्ेलोरीयान थाउभिन र क्लीन्टन निजेले एक एक गोल गरे ।

जितसँगै मार्सेले फाईनल पुग्ने संभावना बलियो पारेको छ ।