Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


विभिन्न आवरणमा हुने अपराधमा चनाखो हुन निर्देशन


0
Shares

संघीय संरचनाअनुरुपको सुरक्षा रणनीति बनाउन प्रदेशस्तरीय गोष्ठी राखिएको गृह मन्त्रालयले जनाएको छ । गोष्ठीमा चारओटै सुरक्षा निकायको सहभागिता रहेको थियो ।

गोष्ठीको सुरुमै प्रदेशभित्रका १२ ओटा जिल्लाका सुरक्षा प्रमुखहरुले सुरक्षा अवस्थाको ‘ब्रिफिङ’ गरेका थिए ।

त्यसलगत्तै सुरक्षा प्रमुखहरुले निर्देशनात्मक मन्तव्य दिएको गृह मन्त्रालयका सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

गोष्ठीमा प्रदेश नम्बर–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कृलप्रसाद केसी, गृहसचिव प्रेम कुमार राई, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले सुरक्षाका विषयमा निर्देशनात्मक धारणा राखेका थिए ।

गोष्ठीमा सीमा क्षेत्रमा हुने साना हतियारको ओसार–पसार, साना–ठूला अपराध नियन्त्रण, मानव बेचविखन, अवैध व्यापार रोक्ने विषयमा छलफल गरी नयाँ रणनीति तयार गरिएको जनाइएको छ ।

राजमार्गमा हुने अवरोध, विकासका अवरोध, राजश्व असुली तथा विभिन्न आवरणमा हुने अपराधमा चनाखो हुन गृहमन्त्री तथा सुरक्षा प्रमुखहरुले मातहतका निकायलाई निर्देशन दिएका छन् ।