
अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको शुक्रबारको भेटवार्तालाई ‘ऐतिहासिक र सुखद’ भनेको छ ।
दुई देशको शिखर बैठकले जनताको शान्ति र समृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशकारुपमा लिइएको बताएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडि बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गरेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्