२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ब्राजिल फुटबल संघका प्रमुखलाई आजीवन प्रतिबन्ध


0
Shares

काठमाडौं, बैशाख १५ । ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्बन्धि कुनैपनि काममा आजीवन प्रतिबन्ध लगाइएको छ ।

फुटबलको विश्वव्यापी आधिकारिक संगठन फिफाले नेरोलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।

फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।

उनलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्ध लगाउनुका साथै दश लाख अमेरिकी डलर जरिवाना गरेको छ ।

फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।