२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कर्मचारीलाई आवश्यकताका आधारमा तीनवटै तहमा ब्यवस्थापन : मन्त्री पण्डित


0
Shares

बासुदेव बर्मा/
कपिलबस्तु, वैशाख १६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्ने बताएका छन् ।

प्रादेशिक लोक सेवा आयोग गठन भएपछि सम्बन्धित प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने मन्त्री पण्डितले बताए ।

जिल्ला प्रशासन कार्यालय, कपिलबस्तुले आइतबार राखेको स्वागत कार्यक्रममा मन्त्री पण्डितले जनप्रतिनिधिहरुलाई विशेष निर्देशन दिंदै उनीहरुलाई गल्ती गर्ने अधिकार नभएको उल्लेख गरे । नियमकानुन अनुरुप नै जनप्रतिनिधिहरुले काम गर्ने भएकाले जनहित विपरित काम नगर्न उनले आग्रह गरे ।

उनले मुलुकको समग्र विकासका लागि प्रशासन र कर्मचारीतन्त्र सुध्रिनुपर्नेमा समेत जोड दिएका छन् ।

जनताको तिरेको करबाट सेवा सुविधा उपभोग गर्ने कर्मचारी र जनप्रतिनिधिहरुलाई कुनै हातलमा पनि गल्ती गर्ने अधिकार नभएको उनले बताए ।