२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मुस्ताङमा अन्तरविद्यालयस्तरीय पाँचौं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद


0
Shares

मुस्ताङ, वैशाख १६ । हिमालपारीको जिल्ला मुस्ताङको कागबेनीमा अन्तरविद्यालयस्तरीय पाँचौं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्लाका कुल ८ माध्यमिक विद्यालय सम्मिलित प्रतियोगितामा ६ विधामा २१ खेलहरु सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा दौड, ज्याभलिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प, त्रिपलजम्म, भलिबल र नृत्य प्रतियोगिता समावेश गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको आईतबार प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे ।

सांसद तुलाचनले प्राज्ञिक शिक्षाका लागि खेलकुद अपरिहार्य रहेको बताए ।

मुस्ताङमा २०७० सालदेखि विद्यालयस्तरीय राष्ट्रपति कप प्रतियोगिता सञ्चालन हुँदै आएको छ । जिल्लामा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष भुपेन्द्र शेरचनले जानकारी दिए ।