
काठमाडौं, बैशाख १८ । औषधी व्यवस्था विभागले व्यवसायीमाथि सिण्डीकेट लगाएको आरोप औषधी व्यावसायीहरुले लगाएका छन् ।
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाजको दोस्रो अधिवेशन कार्यक्रममा सहभागी व्यावसायीहरुले आहारपुरक खानाहरु बेच्न नदिने भन्दै विभागले सिण्डीकेट लगाउन खोजेको बताए ।
कार्यक्रममा खाद्य प्रविघि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत विमल दाहालले आहारपुरक निर्देशिका पास हुने क्रममा रहेको भन्दै निर्देशिका पास भएपछि आहारपुरक खानाहरुको विक्री सम्बन्धि अनुगमन गर्ने बताए ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागमा ४ सय १० वटा आहार पुरक खानाहरु दर्ता भएका छन् ।
कार्यक्रममा औषधी व्यवसायी संघका अध्यक्ष मिर्गेन्द्र श्रेष्ठले नेपाली बजारमा बर्षेनी ४० अर्ब बराबरको औषधी खपत हुने गरेको बताए ।
यस आर्थिक बर्षमा २३ अर्व बराबरको न्युट्रास्युटिकल औषधी आयात गरिएको व्यावसायीहरुले जानकारी दिएका थिए ।
देशभरी २१ हजार दर्ता भएका औषधी पसलहरु रहेका छन् भने ६ हजार दर्ता नगरी सञ्चालनमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्