
विनोद सिंह विष्ट/
बैतडी, वैशाख १९ । बैतडीको शिवनाथमा गएराति ट्र्याक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा परी चालक शिवनाथ गाउँपालिका–५, लामखालीका ३५ वर्षीय जयमलसिंह धनाडी गम्भीर घाईते भएका छन् । घाईते धनाडीलाई उपचारका लागि भारतको लुवाघाट रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
धनाडीको टाउको, अनुहार तथा खुट्टामा गहिरो चोट लागेको छ । महाकाली नदीको खाँणघाटबाट बालुवा बोकेर शिल्लेखानतर्फ आउँदै गरेको से२त १२२५ नम्बरको ट्र्याक्टर गएरातिे शिवनाथ गाउँपालिका–१ मटेलामा दुर्घटनामा परेको हो ।
ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्