
चेन्नाइ, कात्तिक ३० । भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हजारौंको संख्यामा रुखहरु आवासीय भवन र सवारी–साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए ।
‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रतिघन्टाको हिसाबले आएको थियो ।
त्यसअघि, सो आँधी नागापात्तिनामनजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् ।
गाजा आँधीका कारण कम्तीमा ११ को मृत्यु भएको बताइएतापनि यसको विस्तृत् विवरण भने प्राप्त भएको छैन ।
भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १० लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ ।
यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतका लागि सयौं आपत्कालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ ।
दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ ।
गत वर्ष तमिलनाडु र केरलामा आएको ‘ओच्खी’ नामक आँधीमा परी करिब २५० जनाको मृत्यु भएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्