२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बझाङमा खोलाले जिप बगायो, तीनजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा जिपचालक कन्चनपुर जिल्ला दोधारा–चाँदनी बस्ने २८ वर्षीय रमेश चन्द, बझाङको खप्तडछान्ना गाउँपालिका–२, लामातोलाका ३२ वर्षीय ओमराज बन र बझाङकै केदारस्युँ गाउँपालिका–१, चौडालाका २८ वर्षीया असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका बझाङको तमैलबजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से१ज ८२० नम्बरको जिप जयपृथ्वी राजमार्गअन्तर्गत् जयपृथ्वीनगरपालिका–७, सुबेडामा चौठेखोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

मृतकको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।

अविरल वर्षासँगै आएको खोलाले सडकमा गुडिरहेको जिपलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुकाको दुर्घटना भएपनि बिहीबार बिहानमात्र स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिप खोलाले बगाएर सडकबाट करिब ५० मिटर तल खोंचमा माटोले पुरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले दुर्घटनाग्रस्त जिपमा च्यापिएका मृतकका शव निकालेका थिए ।

यस्तै, बुधबार राति परेको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा जयपृथ्वी राजमार्गसमेत अवरुद्ध भएको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।