
मिडिया, विज्ञापन एजेन्सी र कर्पोरेट हाउसबीच सद्भाव र भाइचाराको सम्बन्ध बढाउने उद्देश्यले नेपाल विज्ञापन संघ (आन)ले आयोजना गर्ने प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउनेछन् ।
आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ६ दिने प्रतियोगिता दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म हुने जानकारी दिएको छ ।
आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ले विजेता टिमले ७५ हजार, उपविजेताले ५० हजार तथा तेस्रो हुने टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।
सन्चारगृह, विज्ञापन एजेन्सी र औद्योगिक तथा व्यावसायिक घरानाबीचको त्रिपक्षीय भिडन्त रोमान्चक हुने अपेक्षा गरिएको छ ।
सोही पत्रकार सम्मेलनमा समूह विभाजन पनि गरिएको छ । इमेज च्यानल रहेको समूह ‘बी’मा एबीसी टेलिभिजन, की एड्भरटाइजिङ र अन्नपूर्ण पोस्ट् दैनिक रहेका छन् ।
यसैबीच, नेपाल खेलकुद पत्रकार मञ्च र आनबीच आपसमा सहयोग गर्ने सम्झौतापत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र आनका अध्यक्ष रिजालबीच हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्