
प्रदेश नम्बर–२ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए ।
जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका ८ ओटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ ।
बैठकले दुईओटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ ।
नीति आयोग गठन तथा कार्यआदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्