२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उदयपुरमा सरकारी जग्गा अतिक्रमण


0
Shares

उदयपुर, वैशाख २१ । उदयपुरको सदमुकाम गाईघाटको मुटुमै रहेको सरकारी जग्गा अतिक्रमण गरिएको छ ।

त्रियुगा हवाई मैदानको नाममा दर्ता भएको करीब १५ बिघा जग्गा केही समयदेखि अतिक्रमण भइरहेको हो । विमानस्थल निर्माणका लागि जमिन प्राविधिक रुपमा उपयुक्त नभएको भन्दै खाली छाडिएपछि अतिक्रमणको चपेटमा परेको हो ।

उक्त जग्गामा मदन भण्डारी स्मृति सभा हल, थरुहट उदयपुर रंगशाला, तरकारी बजार निर्माण गर्न ४३ निजी घर बनाइएका छन् भने केही घर बन्दै छन् ।

नगरपालिकाले दुई पटकसम्म सार्वजनिक सूचना निकालेरै अतिक्रमित क्षेत्र खाली गर्न प्रयास गरिए पनि राजनीतिक सहमतिबाट जग्गा अतिक्रमण गरिएकाले हटाउन नसकिएको नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइँटेलको भनाइ छ ।

अब भने सम्बन्धितलाई तोकेरै घर टहरा हटाउन लगाइने र त्यसमा पनि अटेर गरे जबरजस्ती जग्गा खाली गर्ने नगरपालिकाले जनाएको छ ।