७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


मलेसियामा एक नेपाली मजदुरको मृत्यु


0
Shares

दार्चुला, कात्तिक ३० । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । 

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए ।

घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकाकुल भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् । 

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताए । मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ । (रासस)