
गृह मन्त्रालयले ‘सिन्डिकेट’ पक्षधर समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई शुक्रबार पर्वतको कुस्माबजारबाट पक्राउ गरिएको हो ।
मन्त्रालयको निर्देशनअनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी दिलिप घिमिरेले जानकारी दिए ।
लामिछानेले आफूलाई घरबाटै पक्राउ गरिएको बताए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिअन्तर्गत् करिब ४०० ओटा गाडी सन्चालित छन् ।
समितिले संस्थागत विरोेधका लागि आफ्ना गाडी थन्क्याएको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्