२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कपः नेपाल छनोट शनिबार


0
Shares

टर्किस एअरलाइन्सले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकाबारेमा जानकारी गराएको हो ।

अम्याचोर सिरिजअन्तर्गत् टर्कीमा हुने छैटौं वर्ल्ड गल्फ कपमा सहभागिताका लागि विभिन्न देशमा छनोट खेलहरु हुने तालिकाअनुसार नेपालमा पनि छनोट प्रतियोगिता हुन लागेको हो ।

गोकर्ण गल्फ क्लबमा ‘थ्री बाइ फोर ह्याडिक्याप स्टेफल फर्म्याट’मा हुने एकदिने प्रतियोगितामा १०० भन्दा बढी नेपाली गल्फरहरुले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।

छनोट प्रतियोगिताको ‘ओभरअल विनर’ आगामी नोभेम्बरमा टर्कीको एन्तालयमा हुने वर्ल्ड गल्फ कपमा छनोट हुनेछन् ।