
बिराज रोस्यारा/ईमेज:
कैलाली, बैशाख २२ । धनगढी उपमहानगरपालिका वडा नम्बर–४ चटकपुर स्थित पुर्वार पेट्रोल पम्प नजिकै राखिएको बम सेनाले निष्क्रिय पारेको छ ।
पुर्वार पेट्रोल पम्पबाट दक्षिणकाली मार्ग छेउको पोलमुनी राखिएको बमलाई नेपाली सेनाको बमक डिष्पोजल टोलीले निष्क्रिय पारेको हो ।
धनगढीको वोराडाडी व्यारेकवाट आएको डिष्पोजन टोलीले दूध राख्ने स्टीलको डिव्वामा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा राखिएको बमलाई डिस्पोज गरेको हो ।
आज बिहान स्थानीयले वम जस्तै देखिने बस्तु सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खवर गरेको दुई घन्टापछि आएको नेपाली सेनाको वम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।
नेपाल बन्दको आह्वान गरेको विप्लन निकटको माओवादीले बम राखेको हुन सक्ने आशंका प्रहरीको गरेको छ ।
यस्तै धनगढीबाट बन्दको पुर्वसन्ध्यामा प्रहरीले विप्लन निकटको माओवादीका मनबहादुर नेपालिलाई पक्राउ गरेको थियो ।
बम निष्क्रिय पार्ने क्रममा धनगढी–अत्तरीया रोडमा आवत जावत समेत वन्द गरिएको थियो ।
गौरीगंगा नगरपालिकामा विष्फोट
कैलालीकै गौरीगंगा नगरपालिकामा आज बिहान बम बिस्पोट भएको छ । गौरीगगा नगरपालिका वडा नम्वर २ को कार्यालय रहेको स्थानमा वम बिस्पोट भएको हो ।
आज बिहान करीव ४ बजे तिर भएको बिस्पोटमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्