Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


३५ हजार मूल्य बराबरका विषयगत पुस्तक हस्तान्तरण


0
Shares

काठमाडौं, वैशाख २२ । लायन्स कल्ब अफ काठमाडौं युनाइटेड वर्ल्ड डिस्ट्रीक्ट ३२५ बि २ एरिया नम्बर १ को सकृयता र सहयोगमा काभ्रेको एक सामुदायिक विद्यालय तथा क्याम्पसका लागि ३५ हजार रुपैयाँ बराबरका विषयगत पुस्तक हस्तान्तरण गरिएको छ ।

काभ्रेपलान्चोक जिल्लाको चौरि देउराली गाउँपालिका अन्तर्गत कात्तिके देउरालीमा अवस्थित प्रभा सामुदायिक उच्च माध्यमिक विध्यालय तथा क्याम्पस पुस्तकालयका लागि विभिन्न बिषय का ३५ हजार रुपैयाँ मुल्य बराबरका बिषयगत पुस्तक वितरण गरिएको हो ।

क्लबका अध्यक्ष उज्वलराज गौतम तथा उपाध्यक्ष नविन राज आचार्यले एक कार्यक्रमबीच पुस्तक हस्तान्तरण गरे ।

सो कार्यक्रमको संयोजन मिलेनियम क्याम्पस बनेपाका प्राचार्य विश्वनाथ अधिकारी द्वारा गरिएको थियो ।

Skip This